मधेसी दलहरुसँगको सहमतिमै संविधान संशोधन-रक्षा मन्त्री खाँण

0
14

रक्षा मन्त्री बालकृष्ण खाँणले मधेसी दलहरुसँगको सहमतिमै संविधान संशोधनको प्रस्ताव ल्याएको बताएका बताउनु भएको छ । सो कुरा आज कावासोती हात्तीखोरमा रहेको राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा सहभागी भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेतासमेत रहेका मन्त्री खाँणले बताउनु भएको हो ।

सहमति जुटाउन सके सहमतिको आधारमा संविधान संशोधन गर्ने र त्यसो हुन नसके दुई तिहाईबाट भएपनि संशोधनका लागि प्रयत्न नगर्ने बताउदै त्यससँगै निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी मधेसी दलसँग सहमति भएको पनि बताउनु भयो। रक्षामन्त्री खाँणले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन गर्ने र कांग्रेस नेतृत्वको सरकारले प्रदेशिक र संघीय निर्वाचन गर्ने सहमतिअनुसार स्थानीय तहको निर्वाचन नभएसम्म सरकार नफेरिने स्पष्ट पर्नु भयो ।

रक्षा मन्त्री  खाँणले स्थानीय तहको पुनसंरचनामा सहमति जुटे नयाँ संरचना अनुसार गाउँपालिका र नगरपालिकाको ढाँचामा र सहमति नजुटे नयां नगरपालिका र गाविसको ढाँचामा भएपनि निर्वाचन गर्ने बताउनु भयो । गरियो त्यस्तै मन्त्री  खाँणले यसै वर्षभित्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने समेत बताउनु भयो ।राष्ट्रिय सेवा दलले देशभरबाट यस वर्ष ४ हजार जना विद्यार्थीलाई सैन्य तालिम दिएको छ । जस अन्तर्गत सिनियर समूहमा १२ वटा र जुनियर समूहमा ४३ वटा समूहलाई सैन्य तालिम प्रदान गरेको थियो ।  हात्तीखोरमा १२ औं सिनियर टिमलाई आज दीक्षित गरिएको हो । रक्षामन्त्री खाँडद्वारा कार्यक्रममा ४ सय जनालाई दीक्षित गरियो । 

यसरी तालिम प्राप्त युवा तथा विद्यार्थीहरुलाई सेनाले प्राकृतिक प्रकोपको बेला आवश्यक परेको खण्डमा उद्दारका लागि खटाउने छ ।

प्रतिक्रिया दिनुहोस