स्ववियु चुनाव नेबिसंघको ईतिहास र काङ्रेसको प्रतिस्ठा संग जोडीएको छ । नेबिसंघ अध्यक्ष महर

0
56

नेपाल बिद्यार्थी संघका अध्यक्ष नैन सिंह महरले फाल्गुन १४ मा हुन गईरहेको स्वबियु चुनाव नेबिसंघको ईतिहास र पार्टिको प्रतिस्ठा संग जोडीएको हुनाले सम्पूर्ण युवा बिद्यार्थीहरुलाई नेबिसंघ जिताउन लाग्न आग्रह गर्नु भएको छ। आज नेपाली काङ्रेश केन्द्रिय समितिले पूर्व सभापति एबम् पूर्व प्रधान मन्त्री सुसिल कोईरालाको प्रथम वार्षिक पुन्य तिथीको अवसरमा आयोजित कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
यो बेला बिवाद गरेर बस्ने बेला होईन स्वबियु चुनाव जसरिनी गराएर नेबिसंघ जिताउने समय हो भन्दै स्वबियुमा हाम्रो संगठन जिते अब आउने स्थानिय चुनावमा पर्टीको बिजय सजिलै हुने अन्यथा काङ्रेश पछाडि पर्ने बताउनु भयो । सुसिल कोईराला देसलाई काङ्रेशको नेत्रित्वमा नयाँ संबिधान दिएर एक सफल प्रधान मन्त्री भएको भन्दै उहाको सादा जीवन र सम्मान नखोजी सरलता बाट धेरै कुरा सिक्नु पर्ने बताउनु भयो । स्वबियु चुनावमा पर्टिले अलिक ध्यान दिएर सहयोग गर्न आग्रह गर्नु भयो ।अध्यक्ष महरले नेपाल बिद्यार्थी संघले जिते लोकतन्त्रले जित्ने र संबिधान कार्यनयन हुने यदी नेपाल बिद्यार्थी संघले हारे लोकतन्त्र अल्पमतमा पर्ने र संबिधान कार्यनयनमा समस्या आउन सक्ने बताउदै बिद्यार्थी तथा पार्टीका नेताहरु लाई बेलामा सोच्न आग्रह गर्नु भयो ।

सप्तरीमा बुहत बुक्षरोपण कार्यक्रम

त्यस्तै आज नेपाल बिद्यार्थी संघ सप्तरीले सुसिल कोईरालाको प्रथम स्मृती दिवसको अवसरमा नेपाल बिद्यार्थी संघ केन्द्रको कार्यक्रम अन्तर्गत त्यहा बुहत बुक्षरोपण गरेको छ सप्तरी जिल्लाकार्य समितिको आयोजनामा गरेको सो कार्यक्रममा १७०० बिभिन्न प्रजातिका रुखका बिरुवा रोपिएको थियो । 
यता नेपाल बिद्यार्थी संघले सुसिल कोइरालाको प्रथम स्मृती दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरे बमोजिमा नेबिसंघ काठमान्डौ जिल्ला कार्यसमितिले आज बेलुका ५ बजे शान्ति बाटिका, रत्नपार्कमा दिप प्रज्वलन कार्यक्रम समेत आयोजना गरेको छ ।