जावलाखेलमा सडक खन्दा पैसाको भाँडो भेटियो

0
13

जावलाखेलस्थित महानगरीय प्रहरी परिसर कार्यालयकै अगाडि एउटा डोजर चलिरहेको छ । छेउमै मानिसहरु कुखुराले माटोमा खेलेझै गरेर माटो खोस्रिरहेका छन् । खानेपानीको पाइप विच्छ्याउन प्रहरी कार्यालय अगाडि सोमबारबाट सडक खन्न थालिएको थियो । त्यसक्रममा माटोमुनि गाडिएको पैसाको भाँडो भेटियो ।

स्थानीयले बताए अनुसार माटोको भाँडामा राखेर गाडिएका पुराना सिक्काहरु (गाडधन) स्थानीयले लगे । प्रहरीहरु यसमा रमिते बनेर बसे । सडकमा भेटिएको रहल-पहल पैसा खोज्न त्यहाँ सोमबारदेखि नै मानिसहरु भिडिरहेका छन् । प्रहरीले रमिता हेरिरहेकै छ ।

सोमबार पैसाकेा भाँडो नै भेटिएको थियो, जुन त्यहाँ जम्मा भएका स्थानीयले लगेका छन् । आज पनि खन्ने क्रममा केही पैसा भेटिएको छ । त्यही भएर मानिसहरु त्यहाँ कुखुराले जसरी माटो खोसि्ररहेका थिए । केहीले सिक्का भेट्टाएका पनि छन् । भेटिएको सिक्का हेर्दा निकै पुराना जस्ता देखिए पनि खिया लागेका कारण त्यसमा लेखिएको केही बुझ्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस