मोतिपुर खानेपानी आयोजनाको उद्घाटन

0
25

खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले मोतिपुर खानेपानी आयोजनाको उद्घाटन गरेका छन् । राज्यमन्त्री खड्काले रुपन्देही बुटवल उपमहानगरपालिका २२ मा रहेको मोतिपुर खानेपानी आयोजनाको  एक समारोहबीच उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि मन्तव्य राख्दै राज्यमन्त्री खड्काले सन् २०१७ को अन्त्यसम्म सबै जनतालाई खानेपानी पुराउने लक्ष्यअनुसार मन्त्रालय लागिपरेको बताए । कुल ८ करोड तीस लाख लागतमा निर्माण भएको उक्त आयोजनाबाट १ हजार ६०० घरधुरी लाभान्वित हुनेछन् । सो पानी ४ लाख ५० हजार लिटर क्षमता भएको ट्यांकीमार्फत वितरण हुनेछन् ।