नवलपरासीका खोलाहरुबाट अवैध बालुवा तथा गिट्टीको चोरी–निकासी नियन्त्रणका लागि सशस्त्र सुरक्षाकर्मीसहितको विशेष टोली परिचालन

0
11

नवलपरासीका विभिन्न खोलाहरुबाट अवैधरुपमा ढुंगा, बालुवा तथा गिट्टीको चोरी–निकासी बढेको भन्दै नियन्त्रणका लागि जिल्ला विकास समितिले सशस्त्र सुरक्षाकर्मीसहितको विशेष टोली परिचालन गरेको छ । स्थानीय विकास अधिकारी युवराज कटेलकाअनुसार खोलाहरुको दोहन गर्दै चोरी–निकासी बढेपछि सशस्त्र सुरक्षाकर्मी सम्मिलित र्‘यापिड एक्सन टिम’ गठन गरेर परिचालन गरिएको हो ।

विभिन्न पाँच स्थानमा टोली बनाएर खटाइएको छ । ती स्थानबाट दिनहुँजसो अवैधरुपमा ओसार–पसारमा प्रयोग भएका सवारी–साधनहरु फेलापरेको कट्टेलले जानकारी दिए । यसैबीच, ढुंगा तथा बालुवाको स्रोत नखुलाएको भन्दै एक साताअघिदेखि बन्द गरिएका नवलपरासीका क्रसर उद्योगहरुले जिविसमा विवरण बुझाएका छन् । उनीहरुले उद्योगहरुमा बिक्री भएका र स्टकमा रहेका उत्पादनको विवरण सोमबार जिविसमा बुझाएका हुन् । विवरण बुझाएपनि क्रसर उद्योग भने सन्चालनमा आएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस