ओली समुह र माधव नेपाल समुहबीच हात हालाहाल

0
18

केपी ओली समुह र माधव नेपाल समुहबीच हात हालाहाल भएपछि स्थगित भएको युवा संघको केन्द्रीय समिति बैठक कहिले बस्ने भन्ने अनिश्चित भएको छ । बैठक कहिले बस्ने भन्ने ठेगान नभएको प्रवक्ता हस्त शाहीले बताएका छन् ।

पार्टी निर्देशिकाले पार्टी र विद्यार्थीको बाहेक अन्तरजिल्ला समिति नराख्ने निर्णय गरेको भएपनि आईतबारको बैठकमा ओली समुहले विघटन भएको अन्तरजिल्ला समितिका क्षितिज थेवेलाई रिपोर्टीङ गर्न लगाएपछि विवाद बढ्दै जाँदा हात हालाहालको स्थितिसम्म पुगेको थियो । ओली समुहले एकलौटी रुपमा पेलेर जान खोजेका कारण विधान र विधि लागु नगराउँदासम्म बैठकमा नजाने नेपाल समुहका एकजना पदाधिकारीले बताए ।
के छन् नेपाल पक्षका माग ?
नियमावली लागु गर्नुपर्छ । पार्टीको सातौ बैठकले अन्तर पार्टी निर्देशिकाले तोके अनुसार युवा संघको सांगठनिक संरचना प्रादेशिक बनाउनुपर्छ । पार्टीले विघटन गरेका अन्तर जिल्ला समिति पुन व्युताउँनु हुदैन । बैठकको विषयमा ओली समुहका नेता प्रभातविक्रम कटुवालले भने छिटै बैठक बस्ने बताए ।उनले आइतबार बैठक छोडेर हिडेका साथिहरुले आफ्ना कुराहरु अव बस्ने बैठकमा राख्ने र छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस