एसएसपी खत्रीलाई ४ दिन थुन्न अदालतको अनुमति

0
13

३३ किलो सुन तस्करीकाण्डमा आइतबार सिआईबीद्वारा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्यामबहादुर खत्रीलाई ४ दिन थुन्न जिल्ला अदालत काठमाडौंले ४ दिनको अनुमति दिएको छ ।

संगठित अपराध अन्तरगत मुद्दा चलाउन प्रहरीले न्यायिक हिरासतमा राख्न समय मागेको थियो । सोहि अनुसार अदालतले सीआईबीलाई चार दिनको समय प्रदान गरेको हो । सिआईबीले आइतबार सुन तस्करीकाण्डमा दोषी पाइएपछि प्रहरी हेडक्वार्टरबाटै पक्राउ गरेको थियो । सुन तस्करी हुँदा खत्रि विमानस्थलको दोस्रो बरियताका प्रहरी अधिकारी थिए ।