नेपाल प्रहरीका एसएसपी श्याम खत्री पक्राउ

0
12

साढे ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले एसएसपी खत्रीलाई आइतबार दिउँसो पक्राउ गरेको हो। गत पुस २१ गते दुबइ हुदैँ काठमाडौंमा तस्करी भएको साढे ३३ किलो सुनसहित ३ जनालाई सिआइबीले पक्राउ गरेको थियो।

‘नेपालमा सुन भित्र्याउन एसएसपी खत्रीको सहयोग र सम्लग्नता देखियो,’ सिआइबीका एक अनुसन्धान अधिकृतले भने, ‘आर्थिक प्रलोलनमा परेर उनले तस्करहरुलाई सघाएको खुल्न आएको छ।’ एसएसपी खत्री सुन तस्करी भएका समयमा विमानस्थलमै कार्यरत थिए। सुनकाण्डपछि उनलाई हेडक्वाटरमा फिर्ता बोलाइएको थियो। सुन काण्डमा सिआइबीले विमानस्थल भन्सारका ३ जना अधिकृतलाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस