काँग्रेसले मुलुकलाई एकताको बाटोमा लैजान चहान्छ -काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

0
30

नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले मुलुकलाई एकताको बाटोमा लैजान चाहेको बताउँदै नेता पौडेलले आफुहरुले हिमाल, पहाड र तराईलाई एकतावद्ध बनाउन बताउनु भएको छ। । आज स्याङ्जाको वालिङमा वालिङ महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै एमालेले राष्ट्रियताको चर्को नारा लगाएर राष्ट्रियतालाई कमजोर पार्न खोजेको पौडेलको आरोप लगाउदै एमाले राष्ट्रियता विरोधी भएको बताउनु भयो । 

मुलुकमा तीन ओटा निर्वाचन गर्नै पर्ने धारणा राख्दै नेता पौडेलले विकासको अगुवा काँग्रेस नै हो, राष्ट्रियताको अगुवा पनि काँग्रेस नै हो भन्ने सन्देश गाँउ–गाँउ लैजान कार्यकर्तालाई निर्देशन दिनुभएको छ । संविधान संशोधनले मुलुक विखण्डनतिर नजाने उल्लेख गर्दै नेता पौडेलले मधेस केन्द्रित दललाई पनि मिलाएर लानु आवश्यक रहेको बताउनु भयो। मधेस केन्द्रित दललाई नमिलाउने हो भने राष्ट्रियता कमजोर हन्छ भन्दै  पौडेलले मधेस केन्द्रित दललगायत असन्तुष्टलाई मिलाएर मुलुकलाई एकता तर्फ लैजानु आजको आवश्यकता रहेकोमा जोड दिनुभयो । 

पार्टीले आदर्श, निष्ठाको राजनीतिलाई अगाडी सारेर लैजान गाउ-गाउ देखी नेतृत्व तहसम्म नेताहरुलाई पौडेलले अनुरोध गर्नु भयो। मुलुकको प्रजातन्त्रदेखि लोकतान्त्रिक आन्दोलनमा स्याङ्जाको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै नेता पौडेलले कार्यकर्तालाई परिवर्तनका लागि देखाएको भूमिका बढाउन अनुरोध गर्नु भयो।

प्रतिक्रिया दिनुहोस