प्रचण्डले आफ्नो पार्टी हारेपनि चुनाव गराएरै छाड्ने

0
16

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी हारेपनि चुनाव गराएरै छाड्ने दाबी गरेका छन् । साथै आगामी चुनावमा भोटिङ मेसिन प्रयोगका लागि आफू सकारात्मक रहेको बताए । प्रमुख विपक्षी दलले सरकार चुनाव गराउन गम्भीर नभएको आरोप लगाइरहेका बेला प्रधानमन्त्रीले भने आगामी मंसिरभित्रै तीन वटै चुनाव गर्ने योजना बताए। नेपाल टेलिभिजनको कार्यक्रम सिधा कुरा प्रधानमन्त्रीसँगमा उपस्थित प्रचण्डले भने, ‘जितिन्छ कि हारिन्छ भनेर चिन्ता लिएको छैन । मेरो पार्टीले हार्न पनि सन्छ । तर, देशले जित्छ ।’

सातै उनले भोटिङ मेसिन प्रयोगबाट गृहकार्य गर्न निर्वाचन आयोगलाई आफूले भनिसकेको बताए । यसबारे छलफल गर्न आफूले २५ गते सर्वदलीय बैठक बोलाउन र भोटिङ मेसिनबारे पि्रजेन्टेसन गर्न आयोगलाई भनेको प्रधानमन्त्री प्रचण्डले बताए ।आयोगले केही रकम चाहिन्छ भनेको भन्दै उनले भने, केही पैसा चाहिन्छ भने सरकार तयार छ ।’ 

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको सरकारले चुनाव नगराए एमालेले सरकार ढालिदिने लाक्षणिक अभिव्यक्ति दिएका छन् । प्रचण्ड नेतृत्वको सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको भन्दै तत्काल चुनावको मिति घोषणा नगरे यो सरकार कुनै पनि समयमा अप्ठ्यारोमा पर्न सक्ने ओलीले चेतावनी दिएका हुन् ।

एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीले शनिबार बिराटनगरमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने- ‘सरकार चुनाव नगराएर संवैधानिक र राजनीतिक संकट गराउन उद्धत हुँदैछ, हामी त्यो अवस्था आउनुभन्दा अगावै संकटबाट बच्ने उपाय गराएर छाड्छौं ।’केपी ओलीले स्पष्ट शब्दमा नबताए पनि सरकारले चुनाव टार्ने स्थिति आएका एमालेले सरकार ढाल्ने र आफ्नो नेतृत्वमा चुनावको वातावरण बनाउने लाक्षणिक अभिव्यक्ति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस