प्रजातन्त्र स्थापनाका लागि मगर समुदायको योगदान उल्लेखनीय -सभापति देउवा

0
21
नेपाली काँग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि मगर समुदायको योगदान उल्लेखनीय रहेको बताउनु भएको छ। नेपाल राष्ट्रिय मगर सङ्घद्वारा शनिबार नेपाली काँग्रेसको केन्द्रिय कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाले नेपालमा प्रजातन्त्र तथा लोकतन्त्र स्थापनामा मगर समुदायको भूमिका प्रशंसनीय रहेको बताउनु भयो ।  यस समुदायबाट काँग्रेस पार्टीमा प्रतिनिधित्व बढाउने प्रतिवद्धता समेत उनले व्यक्त गर्नु भयो। 
 
काँग्रेस प्रजातान्त्रिक अभ्यास र संस्कृतिलाई विश्वास गर्ने पार्टी रहेको उल्लेख गर्दै देउवाले बहुदलीय व्यवस्थामा सम्पूर्ण नेपालीको अधिकारलाई सुनिश्चित गर्न सकिने धारणा व्यक्त गर्नु भयो। 
 
नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले देशभित्र राजनीतिक समस्या चुनौतीपूर्ण बन्दै गएको बताउनु भयो । उनले सामाजिक संरचना भत्किन थालेको र आर्थिक रुपले देश तल झर्दै गएको पनि बताए । दुई दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रममा देशभरिबाट एक सय ९५ जना प्रतिनिधिले भाग लिएको सङ्घका अध्यक्ष गणेश थापामगरले बताउनु भयो । 
 
प्रशिक्षण कार्यक्रमका प्रशिक्षकमा नेपाल बिद्यार्थी संघका अध्यक्ष नैन् सिंह महर ,गगन थापा, धनराज गुरुङ, जीवन परियार, छन्द पहराई, गोवद्र्धन राना र गुरुराज घिमिरे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस