सीके राउत १० दिन थुनामा

0
17

जिल्ला अदालत सिराहाले सीके राउतलाई १० दिन थुनामा राख्न अदालतले म्याद दिएको छ । बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई आज शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । राज्य विरुद्धको संगठित अपराधमा मुद्दा चलाउने तयारीमा रहेको प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद पाएको इलाका प्रहरी कार्यलय लाहानका डीएसपी राजकुमार केसीले बताए ।

यसअघि पनि राज्य विरुद्धको अपराधमा विषेश अदालतमा मुद्दा चले पनि पछी  उनी छुटेका थिए । यो पटक भने संगठित अपराधमा मुद्धा चलाइने भएको छ ।संगठित अपराध अन्र्तगतको मुद्दा चलाउन ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ । राउतविरुद्ध इलाका प्रहरी कार्यलय लहानले नै मुद्धा दायर गरेकोले त्यहीँको हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस