स्वतन्त्र मधेस अभियानका सीके राउत पक्राउ

0
18

स्वतन्त्र मधेस अभियानका सीके राउत पक्राउ परेका छन । दिउँसो जनकपुर स्थित उनी बस्दै आएको कोठाबाट प्रहरीले राउतलाई पक्राउ गरेको हो । सिराहा घर भएका राउत पछिल्लो समय जनकपुरमा बस्दै आएका थिए । माघ ५ गते राउतले सिराहाको लाहानमा सभा गरेर देश टुक्राउने अभिव्यक्ति दिएका थिए ।

उक्त  घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाले राउतको नाममा पक्राउ पूर्जी जारी गरेको थियो ।  स्रोतका अनुसार राउतविरुद्ध  राज्य द्रोहको मुद्दा लगाईने भएको छ । यो मुद्दा चलाउन  राउतलाई विशेष अदालत ल्याउनुपर्छ ।राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य द्रोहको मुद्दा चलेको थियो । तर उनी धरौटीमा छुटेका थिए ।

कसैले राज्यविरुद्धको अपराध गरेमा  ऐनअनुसार नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा उसलाई जन्म कैद हुने व्यवस्था छ

प्रतिक्रिया दिनुहोस