चुनावको प्रचार प्रसारमा होमिन र सबै स्थानमा विजयी हुने गरी तयारी गर्न अध्यक्ष महरको निर्देशन

0
12

नेपाली कांग्रेसको पदाधिकारी बैठक पछी नेपाल बिद्यार्थी संघका अध्यक्ष नैन सिंह महरले एक भएर चुनावमा होमिन र सबै स्थानमा विजयी हुने गरी तयारी गर्न  क्याम्पस तथा जिल्ला  सबै बिद्यार्थी नेताहरुलाई निर्देशन दिनु भएको छ ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज सिंहदरबारमा दलको कार्यालयमा बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु र नेविसंघका वर्तमान पदाधिकारी समेत सहभागी बैठकमा गहन छलफल पछी  पार्टिको निर्देशन बमोजिम नेविसंघका सबै साथीहरुलाई निर्वाचनमा होमिन र आजैदेखि निर्वाचनको प्रचार प्रसारमा जुट्न निर्देशन दिनु भएको छ ।

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु निर्वाचनको मिति तोकेको छ । 

प्रतिक्रिया दिनुहोस