मन्त्रिपरिषदको बैठक बस्दै

0
15

आज मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । अपरान्ह ४ बजेको लागि बोलाइएको बैठकबाट स्थानीय चुनावको अनुमानित मिति तोक्ने गरी निर्वाचन आयोगलाई पत्र दिने तयारी, राजदूत नियुक्तिबारे आवश्यक निर्णय हुने  एक मन्त्रीले जानकारी दिए ।  ती मन्त्रीका अनुसार वैशाख मसान्तदेखि जेठ २० सम्ममा चुनाव गर्ने गरी मिति तोक्न तथा त्यसका लागि आवश्यक सबै तयारी गर्न आयोगलाई पत्र दिन लागिएको हो ।
दलहरुबीच पहिला संविधान संशोधन विधेयक पारित गर्ने कि चुनावको मिति घोषणा गर्ने भन्नेमा विवाद रहेकै बेला चुनावको मिति घोषणाको लागि तयार गर्न लागिएको हो । प्रमुख तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावको मिति घोषणा गर्ने बारेमा एक मत रहेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विधेयक पारित नभएसम्म चुनावको मिति घोषणा हुन नसक्ने बताउँदै आएको छ ।

अघिल्लो सरकारले सिफासि गरेका राजदुतको नाम बर्तमान सरकारले फिर्ता लिएपछि ती ठाँउमा राजदूत सिफारिस गर्न लागिएको हो ।अहिले साउदी अरेविया, दक्षिण कोरिया, इजरायल, दक्षिण अफ्रिका, ओमन, दुबई, जापान, बंगलादेश, श्रीलंका, डेनमार्क, अष्ट्रेलिया र म्यानमार राजदूत छैनन । गत बैशाखमा केपी शर्मा ओली नेतृत्वको सरकारले २२ देशका लागि राजदुतहरु नियुक्तिको सिफारिस गरेको थियो । जसमा १३ जना कर्मचारी भन्दा बाहिरका व्यक्ति थिए ।

पछिल्लो पटक राजदूतका लागि कांग्रेस, माओबादी केन्द्र, राप्रपा र मधेश केन्द्रीत दलका तर्फबाट भागबन्डा गरेका छन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार ड।ऋषीराज अधिकारी अनुसार कांग्रेसको भागमा–६ जना, माओबादी केन्द्रको भागमा–४ जना र राप्रपा र मधेश केन्द्रीत दलको भागमा–३ जना छन् ।

प्रतिक्रिया दिनुहोस