उद्यमशिल महिलाको लागी सधै सहयोग गर्न तत्पर छौ । – नसिमा आचार्य प्रवन्ध निर्देशक बिभूती कन्सर्न

0
53

नेपालमा महिला आफै प्रमुख भएर सफल बनाएका थोरै मात्र संस्था तथा कम्पनीहरु छन् जस मध्ये एक बिभुती कन्सर्न पनि एक हो । काठमाण्डौँमा जन्मिएर बिदेशीने लहडको समुहमा रहेर पनि आफ्नो पारिवारीक ब्यावसायलाई समाल्न सक्ने एक युवा महिलाको कथा आज हामीले प्रस्तुत गरेका छौ ।

बिभुती कन्सर्नकी प्रवन्ध निर्देशक नसिमा आचार्य जो अग्रेजीमा स्नातकोत्तर गरेर पनि बिदेशीने चाहाना कहिल्यै राख्नु भएन बरु विदेशीने नेपाली नारीहरुको प्रेरणा बन्नु भयो । बिगत आठ बर्ष देखी निरन्तर यस पेसामा लाग्नु भएकी आचार्य काम च्यालेन्जीङ् भएपनि काम गर्न रमाईलो रहेको बताउदै रचनात्मक काम भएकाले काम गर्दा आनन्द आउने बताउनुहुन्छ ।
धेरै खालको मानिस सगं भेट हुने हुँदा सामाजिक भईन्छ, नयाँ नयाँ मानिस सगं सम्बन्ध स्थापित हुन्छ । हरेक काममा लगाव दिएर गर्न सक्यो भने सफलता टाढा नभएको बताउने आचार्य महिला र पुरुष बीच यस्तो कार्य गर्न भिन्नता नभएको धारण राख्दै डेढिकेटेड भएर काम गर्यो भने सफल भईने बताउनुहुन्छ । आफुले काम सुरुवात गरेपछी कममा डेढीकेटेड भएर लागेको वताउदै कामको मज्जा लिने गर्नुहुन्छ । आफ्नो परिवारले सानो पूजी बाट सुरु गरेता पनि नाफा मुलक भन्दा पनि सेवा मुलक काम भएकाले परिवारको सहयोग र सर्मपणले यहाँ सम्म आउन सक्नु भएको छ ।

जसल गर्दा उहाँको कम्पनी फाईदैमा रहेको छ । परिवारको सहयोग बिना केही गर्न कठिन हुन्छ, आमा, दिदि को साथमा काठमाण्डौँको नयाँ वजारमा बन्नुहुने नसिमा आचार्य, कहिलेकाही कामले थकित हुदाँ काम बाट केही समय फुर्सद निकालेर रमाईलो गर्न मन पराउने आचार्य काम बाट कहिल्यै भाग्न मन नभएको बताउनुहुन्छ ।

कति मानिस काम गराउने तर काम सकिए पछी पैसा डुवे पनि पैसा उठाउनको लागी गलत संगत भने नगरेको दावी गर्दै बिभूती कन्सर्नमा आफुले २१ जना युवाहरुलाई रोजगारी दिनु भएको छ । पहिले ५० देखी ६० जनालाई रोजगार दिएता पनि पछी युवाहरुमा बिदेश जाने भूत सवार भएर पनि कामदार घट्दै गएकोमा दु ःख मान्नुहुन्छ नसिमा । आधा आधी महिला पुरुष भएको यस कम्पनीमा पुरुषलाई भन्दा काम गराउन महिलालाई सजिलो रहेको छ । तर महिलालाई पटक पटक सम्झाई राख्नु पदर्छ भने पुरुषलाई एकै पटक भनेमा नै सजिलै सम्झेर काम गर्न सक्ने क्षमता रहेको छ ।

उद्यमशिल महिलाको लागी सधै सहयोग गर्न तत्पर छौ ।

बिभुती कन्सर्नमा आई यदी काम सिकेर स्वाभलम्भी र उद्यमशिल बन्न कोही महिलाहरुले चाहेको खण्डमा यस सस्थाले तालिम समेत दिने गरेको बताउदै स्वदेशमै रोजगारीको अवसर समेत श्रृजना गर्न सहयोगी भूमिका निर्वाह गरिदिने बताउनुहुन्छ नसिमा आचार्य
महिला शिक्षित भए घर शिक्षित भनेझै यदि महिला उद्यमशिल हुन सकेमा देशकै आर्थिक बिकासमा ठूलो टेवा पुग्ने बिस्वास लिनु भएको छ आचार्यले । बिभुती कन्सर्न एउटा उपहार बनाउने सिलालेख तयार गर्ने कारखाना मात्र नभई श्रमजिवी शिल्पीहरु उत्पादन गर्ने स्कुलको रुपमा चिनिएको छ ।
हरेका कार्यमा लगाव हुनु पर्छ मानिसलाई जुनकार्यमा लगाव हुन्छ त्यही कार्य गर्यो भने सफलता टाढा नरहेको बताउदै जीवनमा सानो कुरामा पनि खुसी हुन सिक्नु पर्ने बताउनुहन्छ नसिमा आचार्य ।
पिताले सुरु गरेको बिजनेश पिताजीको देहान्त पछी नसिमाको काधम आयो तर कहिल्यौ उहाँले हार खानु भएन र आज यो स्थानमा उभिन सक्नु भएको छ । एउटा शिक्षित युवा महिला भएर कामको पुजा गर्ने नसिमा भविस्यमा ब्यापार ब्यावसायलाई बढाउदै लैजाने तयारीमा हुनुहुन्छ देश भरिबाट आउने कामको माग र नयाँ-नयाँ मानिसहरु सगँ सम्पर्क स्थापित गर्न पाउदा उहाँलाई सवै भन्दा आनन्द आउने बताउनु हुन्छ ।

जीवनमा उतार चडाव त आईरहन्छन् तर जसले संघर्ष गर्न सक्दछ त्यो सफताको सिडी चढ्छ । महिला भएर पनि पुरुषवादी समाजमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सक्ने हजारै नसिमाहरु यस सहरमा छन् तर मौका र सहयोग नपाएर ब्यार्थको जीवन वाचिरहेका युवाहरुले एक पटक नसिमा आचार्यको सिको गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस