रेबिज बिरुद्धको भेक्सीन नपाउदा बिरामीहरुलाई सास्ती

0
16

रेबिज बिरुद्धको भेक्सीन जिल्ला अस्पतालले उपलब्ध नगराउदा रेबिजका बिरामीहरु  मर्कामा परेका छन । कुकुरले टोकेपछि अस्पतालमा उपचारका लागि आएका बिरामिहरु उपचार नपाउदा निरास भएका छन । नवलपरासीका मनरि ६ जावाका देवराज चौधरि आफ्नी श्रीमति रेखा चौधरिलाई आज भन्दा पहिले अस्पतालले ३ पटक एन्टी रेविजको भेक्सीन समयमै दिएको तर चौथो पटक लगाउने क्रममा अस्पताममा औषधि सकिएको भनेपछि निजि अस्पतालमा उपचार गराएका छन ।

पैसाको जोहो गरेर आएकाहरुले उपचार गराए तर नगर्नेहरु त्यसै फकर्नुपरेको बताईएको छ । नेपाल सरकारलेको निर्देशन अनुसार जिल्ला अस्पताल नवलपरासीले कुकुरले टोकेपछि एन्टी रेबिज भेक्सीन निशुल्क उपलब्ध गराएको थियो । यता अस्पतालका मेडिकल सुपरिटेन्ट नुरुल होदाले एन्टी रेविज भेक्सीन अस्पतालमा नभएका कारण बिरामीहरुलाई उपलब्ध गराउन नसकेको स्वीकार्नुभएको छ । उहाका अनुसार केन्द्रले औषधी उपलब्ध गराउदै आएकोमा अहिले विभिन्न कारणबस औषधीको खरिद प्रक्रिया रोकिएको बताउनुभएको छ ।

रेविजको भेक्सीन बारा जिल्लाको पथलौयाबाट आपुर्ति गरिन्छ । केन्द्रबाट समयमै भेक्सीन वितरण भएको छैन जसका नवलपरासि ,रुपन्देहि लगाएतका जिल्लमा यसको अभाव भएको छ ।

प्रतिक्रिया दिनुहोस