प्रचण्डले भने वाईसिएललाई जाग्न  

0
16

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट जाग्न वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन् । केही दलले एकै पटक केन्द्रको चुनाव गरेर संघीयता र समावेशीता उल्टाउन चाहेको आरोप पनि लगाए । सोमबार राजधानीमा वाईसीएलको एकता भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले  देशमा अहिले दक्षिणपन्थी हावा चलेको भन्दै यसको नाममा ७० वर्षको क्रान्ति र त्यसका उपलब्धिहरुलाई उल्टाउने प्रयास भइरहेको बताए । भेलामा दाहालले भने, ‘युवाहरुको नेतृत्व र सहभागितामा देशमा निकै ठूलो युद्व चल्यो। जनयुद्वले देशमा गणतन्त्र, धर्मनिरेपक्षता, संघीयता, समावेशी शासन प्रणाली, सामाजिक न्यायजस्ता ठूला राजनीतिक मुद्दाहरू जन्मायो। आज फेरि जनयुद्वले जन्माएका मुद्दाहरु उल्टाउन प्रतिगामी सोँच र मनोविज्ञान भएका शक्तिहरु लागिपरेका छन्  । 

आफूलाई क्रान्तिकारी भन्ने र झण्डा र चुनाव चिन्ह पनि त्यस्तै भएका दलहरुले नै देशमा दक्षिणपन्थी हावा चलाउन खोजेको उनको भनाइ थियो । केही समय अगाडि  वाईसीएल जाली फटाहका लागि आतंक र जनताका लागि भरोसाको संगठन भएको भन्दै उनले निद्राबाट उठी जाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

सुरुमा गैरफौजी रहेपनि सेना समायोजन प्रक्रियापछि यसमा फैजी तालिम भएकाहरु समेत आवद्ध भएको भन्दै उनले यस्तो संगठन विरलै बन्ने बताए । पछिल्लो समय उनीहरु तितरवितर हुँदा पार्टी समते कमजोर भएको भन्दै उनले वाईसीएल  कार्यकर्तालार्इ भने, दक्षिणपन्थविरुद्ध उभिन तपाईहरु निद्राबाट उठ्नुस् ।