बाणिज्य क्याम्पसमा नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगायो

0
24

बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएको छ । क्याम्पस सुधारकोलागि राखेका मागलाइ वेवास्था गरेको भन्दै ताला लगाएको नेविसंघले जनाएको छ । नेविसंघ इकाइ समिति लुम्बिनी बाणिज्य क्याम्पसका सभापति तथा केन्द्रिय सदस्य टंक पाण्डेले माग पुरा नहुदा सम्म ताला नखोलिने बताएका छन् । आवस्यकता अनुसार विद्यार्थी बोक्ने बसको ब्यवस्था गर्नु पर्ने विद्यार्थीलाइ दिइनु पर्ने २० प्रति छात्रबृत्ति कार्यान्वयन गर्नु पर्ने बिबिएमको शुल्क महंगो भएकोले घटाउनु पर्ने लगाएतका मागहरु नेविसंघले राखेको छ ।

प्रतिक्रिया दिनुहोस