सरस्वती क्याम्पसमा झडप, अनेरास्ववियुका नेता कुटिए

0
9

आज राजधानीको ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीद्वारा एमाले निकट अनेरास्ववियूका इकाई अध्यक्ष कुटिएका छन् ।  एमाले निकट अखिलले आज राष्ट्रिय भावनालाई मजुवत बनाउने भन्दै देश भरीका क्याम्सहरुमा राष्ट्रिय झण्डा फराउने कार्यक्रम थियो । उक्त कार्यक्रम सुरु हुनु भन्दा पहिला नै अखिल क्रान्तिकारीले अनेरास्ववियूका सरस्वति क्याम्पसका इकाई अध्यक्ष शंकर गौतममाथि कुटपीट गरेका हुन् । कुटपीटबाट गाैतमकाे अाँखामा चाेट लागेकाे छ ।
अनेरास्ववियूका सचिव सुदेश पराजुलीले आफ्नो संगठनका नेतालाई अखिल क्रान्तिकारीले कुटेको बताए । उनले भने ‘अखिलले राष्ट्रियताको पक्षमा अडान लिएको क्रान्तिकारीलाई पाच्य नहुदा अखिलका नेता कुटेका हुन ।’ क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम श्रेष्ठले भने आफ्नो संगठनको कुटपिटमा कुनै संलग्नता नरहको दाबी गरे । उनले भने ‘कक्षा कोठामा दुई मिनेट बोल्छु भनेर समय मागेका अखिलका साथीहरुले लामो भाषण गरेका कारण कक्षा डिस्ट्रब भयो भनेर कक्षामा रहेका साथिहरुसंग विवाद भएको हो ।’

प्रतिक्रिया दिनुहोस