आज शाहीद दिवस प्रधान मन्त्री द्वारा शाहीदहरुको सम्झना  

0
14

शहीद दिवसको अवसरमा प्रधामन्त्री पुष्पकमल दाहालले लैनचौरस्थित शहीद स्मारकमा फूलमाला अर्पण गरी शहीदहरुप्रति श्रद्धान्जलि व्यक्त गरेका छन् । प्रजातन्त्र स्थापनाका लागि विक्रम सम्वत् १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुति दिएको सम्झनामा सहिद दिवस मनाउने गरिन्छ । सहिद दिवसमा प्रजातान्त्रिक आन्दोलनका अन्य योद्धाहरुको पनि स्मरण गरिएको छ । ज्ञात/अज्ञात सहिदहरुको बलिदानबाट नेपालमा १ सय ४ वर्ष लामो राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको थियो।

काठमाडौं महानगरपालिकाले अयोजना गरेको श्रद्धान्जली सभामा सभामुख ओनसरी घर्ती मगरसँगै मन्त्रीहरु, सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी, प्रधानसेनापति, प्रहरी महानिरीक्षकलगायतले शहीदप्रति श्रद्धान्जली अर्पण गरेका थिए ।शहीद सप्ताहको सातौं दिन देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।देश र नागरिकको हितका लागि ज्यानको आहुती दिने ज्ञात अज्ञात शहीदहरुको सम्मान र सम्झनार्थ हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । २०१२ सालदेखि शहीद दिवस मनाउन थालिएको हो । 

प्रतिक्रिया दिनुहोस