चिसियो उपत्यका

0
18

आज बिहानबाट बादल लागेर पानी पर्न थालेपछि उपत्यकाको जनजीवन प्रभावित बनेको छ। केही दिनदेखी तुसारो पर्न कम भएपछि चिसो पनि घटेको थियो। तर आज बिहान परेको पानीका कारण काठमाडौ‌ंको मौसम पुन: चिसियो, उपत्यकामा आजको न्युनतम तापक्रम ९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ।  

भारत हुँदै नेपाल भित्रिएको पश्चिमी वायुको कारणले मौसम बदलिएको पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिनु भयो । मौसमविद् पोखरेलका अनुसार देशका उच्च पहाडी क्षेत्रमा हिमपात हुने र तराईका क्षेत्रमा बाक्लो कुहिरो लाग्ने छ। मौसममा आएको बदली शुक्रवार बेलुकादेखि पूर्वी क्षेत्र सर्दै आइतबारसम्म पोखरेलले जानकारी दिनु भयो । 

मौसम बदलीका कारण उपत्यकासहित देशका पश्चिमी भूभागमा सामान्य वर्षा भएको छ। वर्षाका कारण उपत्यकामा चिसो मात्र बढेन उपत्यका बासीको दैनिकीमा पनि असर गर्‍यो। आकस्मात पानी परेपछि उपत्यकाका मानिसहरुलाई दुइ पाङग्रे मोटरसाइकलमा यात्रा गर्न असहज भएको छ। कतिपयले रेनकोट समेत प्रयोग गरे। 

प्रतिक्रिया दिनुहोस