लोहनीलाई राष्ट्रिय अध्यक्षको जिम्मेवारी

0
14

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबराले पद छाडेका छन् । आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका जबराले राष्ट्रिय अध्यक्ष छाडेका हुन् । यो जिम्मेवारी अब बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीलाई दिइएको छ । लोहनीले बुधबार नै पदभार ग्रहण गरेका छन् ।

राप्रपाले अखण्ड पार्टी नेपालसँग पार्टी एकताबारे छलफल गर्न उपाध्यक्ष दीपक बोहराको संयोजकत्वमा टोली बनाएको छ । टोलीमा उपाध्यक्ष राजीव पराजुली र कार्य सम्पादन समिति सदस्य हेमजंग गुरुङ्ग सदस्य छन् । राप्रपाका अनुसार अखण्ड पार्टी नेपालले राप्रपासँग पार्टी एकताका लागि केन्द्र्रीय समितिबाट निर्णय गरेर आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस