काठमाडौं प्रहरी प्रमुखमा छविलाल जोशी-३९ जना प्रहरी बरिष्ठ उपरिक्षकहरुको सरुवा

0
5

गृह मन्त्रालयले नेपाल प्रहरीका ३९ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरुको सरुवा गरेको छ । बुधवार राती अबेरसम्म गृहमन्त्रालयमा बसेको मन्त्रिस्तरीय बैठकले लामो समयदेखी रोकिएको एसएसपी सरुवाको गाँठो फुकाएको हो । वुधबार राति उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाका विषयमा सहमति भएपछि एसएपीहरुको सरुवा भएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा छविलाल जोशी आएका छन् । यसअघी उनी अञ्चल प्रहरी कार्यालय धौलागीरीमा कार्यरत थिए । विक्रम सिंह थापाले अनिवार्य अवकास पाएपछी काठमाडौंको प्रहरी प्रमुखको पद खाली थियो ।महानगरीयप प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता एसएसपी शरद चन्दलाई बुटवल तालिम केन्द्रमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ

विभिन्न विवादका कारण लामो समयदेखि रोकिएको नेपाल प्रहरीका एसएसपीहरुको सरुवा भएको छ ।सरुवापछि धौलागीरी प्रहरी प्रमुख रहेका एसएसपी छवि जोशी काठमाण्डौ प्रहरी प्रमुख भएका छन् भने काठमाण्डाै प्रमुख रहेका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालयमा लगिएका छन् ।प्रहरी अपराध महाशाखामा भने दिनेश अमात्य आएका छन् । लागू अाैषध नियन्त्रण ब्युरो काठमाडाैंमा धिरु बस्न्त्यात आएका छन् ।

प्रहरी प्रशिक्षण प्रतिष्ठान चितवनमा रहेका एसएसपी रमेश खरेललार्इ प्रहरी हेडक्वार्टर युएन शाखामा सरूवा गरिएको छ ललितपुर प्रहरी प्रमुखमा ठूले रार्इलार्इ ल्याइएको छ । रार्इ माअाेवादीका पालामा अपहरणामा परेर चर्चामा अाएका प्रहरी अधिकारी हुन् ।त्यसैगरी एसएसपी महेन्द्र पोखरेलको सिन्धुली तालिम केन्द्रमा, दीपक थापा लुम्विनी प्रहरी प्रमुखमा र उत्तम कार्की कोशी प्रहरी प्रमुखमा सरुवा भएका छन् । पिताम्वर अधिकारीको मेची प्रहरी प्रमुखमा सरुवा भएको छ ।

त्यसैगरी शेरबहादुर वस्नेत केन्द्रीय अनुसन्धान ब्युरो, मोहन जोशी सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल र वलराम शर्मा सगरमाथा प्रहरी प्रमुखमा सरुवा भएका छन् । एसएसपी विष्णुहरी गौतम गण्डकी अंचल प्रमुख, कर्णालीमा सुरज केसी, महाकालीमा सुशील भण्डारी र वागमतीमा पुष्प रन्जितको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस