राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र मेक्सीकोको सीमामा पर्खाल लगाउने

0
23

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनावी प्रचारको क्रममा गरेको अर्को बचन पूरा गर्ने तरखरमा देखिएका छन् । बुधबार उनले अमेरिका– मेक्सिकोको सीमामा पर्खाल लगाउने घोषणा गरेको बीबीसीले बताएको छ ।

अबको केही दिनभित्र आप्रवासी र सीमा सुरक्षाको विषयमा कार्यकारी आदेशमाथि हस्ताक्षर गर्ने अनुमान गरिएको छ ।मध्य पूर्व र अफ्रिकाका सात मुश्लिम देशका आप्रवासीहरुलाई अमेरिका प्रवेशमा रोक लगाइने बताइएको छ ।ट्रम्पले मंगलबार ट्वीट गरेका थिए, ‘भोली राष्ट्रिय सुरक्षाको विषयमा ठूलो निर्णय गरिनेछ । अन्य धेरै विषयसहित हामी पर्खाल बनाउँछौं !’

मेक्सिकोको सीमामा ३ हजार २ सय किलोमिटर पर्खाल बनाइने उनको चुनावी प्रचारले निकै चर्चा बटुल्न सफल भएको थियो ।यसका लागि संघीय सरकाले सोझै रकम निकासा गर्ने र अर्को हप्ता ट्रम्पले मेक्सीकोका राष्ट्रपति एनरिक पेना नियटोलाई ह्वाइट हाउसमा भेटघाट गरी यस विषयमा कुराकानी गर्ने बताइएको छ ।