थापा सर्बसम्मत प्रतिनिधि सदस्य चयन

0
12

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा हेटौंडा उपमहानगर पालिका -६ नम्बर वडा समितीबाट सर्बसम्मत प्रतिनिधि सदस्य चयन भएका छन् । पार्टीको महाधिवेशनको क्रममा प्रतिनिधि बन्नको निमित्त सबै तल्लो तहबाट आउनुपर्ने अनिवार्य ब्यबस्था गरिएबाट सबै नेताहरु तल्लो तहबाट प्रतिनिधिमा आउनको निमित्त आ-आफ्नो जिल्ला र क्षेत्रमा कृयाशिल रहेका छन् ।
वडा परिषद् बैठकमा प्रमुख अतिथि रहेका थापाले महाधिवेशनबाट पार्टीलाई सुस्पष्ट बिचार र अलग पहिचान बोकेको राष्ट्रबादी शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।राष्ट्रियता , प्रजातन्त्र ,हिन्दुत्व र उदारबादको धरातलमा समृद्ध नेपाल निर्माण गर्ने सड्ढल्प र प्रतिबद्धता सहित क्रियाशिल हुन पनि उनको जोड थियो ।
सो परिषद् बैठकले केदार राईको अध्यक्षतामा ११ सदस्यीय समिती निर्बाचित गरेको छ । सदस्यमा निर्बाचित भए पछि थापाले आफ्नो ट्विटर मार्फत आभार ब्यक्त गरेका थिए । राप्रपा महाधिवेशन आगामी फागुन ६ देखि ९ सम्म काठमाडौंमा हुनेछ ।