भारतको हेपाहा प्रब्रीती बढ्दो

0
33

इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्रामपञ्चायतबीच रहेको दसगजा क्षेत्रमा गुम्बा मर्मत भन्दै भारतीय पक्षले धमाधम नयाँ पक्की गुम्बा बनाउन थालेपछि नेपाल सरकारले काम रोक्न गरेको आग्रहलाई भारतीय पक्षले बेवास्ता गरेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानाले गुम्बा निर्माणको खबर आएपछि भारतीय पक्षसँग पत्राचार गरेर काम रोक्न आग्रह गरेको जानकारी दिए । पशुपतिनगरका अगुवा मिलन क्षेत्रीले भारतले आश्वासन दिए पनि काम नरोकिएको बताए । एक महिनाअघि काम सुरु भएपछि स्थानीय प्रशासनलाई जानकारी गराए पनि कुनै पहल नभएको गुनासो क्षेत्रीले गरे । सहसचिव ढुंगानाले भने सीडीओसँग गुम्बा निर्माण रोक्न पहलका लागि आग्रह गरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकका समाचार  अनुसार सहसचिव ढुंगानाले सीमाक्षेत्रमा सीमा निर्धारण टोली खटिएको अवस्थामा दसगजामा काम हुनु गलत भएको बताए ।सीमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख मोहन पनेरूले पछिल्लो अवस्थाबारे माथिल्लो निकायलाई जानकारी गराएको बताए । स्थानीय स्तरमा के गर्ने भनेर माथिल्लो निकायबाट कुनै जानकारी नआएको उनले बताए ।

भारतीय पक्षले भने भारतको स्थानीय प्रशासनले आग्रह नगरेसम्म काम नरोक्ने जवाफ दिने गरेको पनेरूले बताए । भारतीय पक्षले दुई महिनाअघि गुम्बा निर्माण थाल्ने तयारी गरेपछि नेपाली पक्षले दसगजामा निर्माणकार्य नगर्न गरेको आग्रहविपरीत एक महिनाअघि पूजा गरेर निर्माणको काम सुरु गरेको थियो । सीमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख पनेरूले १४ वटा पक्की पिलर लगाएर निर्माण गर्न लागिएको जानकारी दिए ।