शिक्षण अस्पतालबाट दैनिक पाँचदेखि सात जना बिरामीलाई निजी अस्पतालमा रिफर

0
13

माघ ५ गते काठमाडौं चपलीकी डिल्ली श्रेष्ठलाई उपचारका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पुर्‍याइयो । तीन बजे अस्पताल पुर्‍याइएकी उनलाई राति नौ बजेमात्रै चिकित्सकले सोधपुछ गरे । अनि रोगको परीक्षण नै नगरी नेपाल मेडिकल कलेज अत्तरखेल रिफर गरे ।

यो त एक उदाहरण मात्रै हो ।आजको नयाँ पत्रिका दैनिकको समाचार अनुसार शिक्षण अस्पताल महाराजगंजले दैनिक पाँचदेखि सात जना बिरामीलाई निजी अस्पतालमा रिफर गर्ने गरेको छ । बिरामीलाई निजी मेडिकल कलेजमा जान सुझाव मात्रै होइन, दबाव नै दिने गरेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालय अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख डाक्टर दिपेन्द्ररमण श्रेष्ठले अस्पतालले भन्दा पनि केही व्यक्तिले बिरामीलाई निजी पाठाउने गरेको हुन सक्ने भन्दै अनुगमन गर्ने बताए ।मन्त्रालयको अनुगमन शाखामा दुई जना मात्रै कर्मचारी भएकाले कठिनाई भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस