‘म स्वास्थ्य मन्त्री भएको भए-रक्षामन्त्री खाँण

0
10

म स्वास्थ्य मन्त्री भएको भए हरेक अस्पताललाई आफ्नै हेलिप्याड बनाउन निर्देशन दिन्थेँ रक्षामन्त्री बालकृष्ण खाँणले बुधबार  लुम्बिनी अञ्चलमै पहिलोपटक मिर्गौला रोगीका लागि निःशुल्क डायलाइसिस सेवा उदघाटन कार्यक्रममा मन्त्री खाँणले सो कुरा बताउदै बिरामीले सहजरुपमा सेवा पाउनेमा आफू ढुक्क रहेका बताए ।

रुपन्देहीको बुटवलमा निजी क्षेत्रबाट सञ्चालित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले मिर्गौलाको डायलाइसिस सेवा सुरू गरेको हो ।उनले हरेक अस्पतालमा हेलिप्याड हुनुपर्ने भन्दै  त्यस्तो हुँदा बिरामीको ज्यान जान पाउँदैन, छिटो र सहज रुपमा अस्पतालमा पुर्‍याउ सकिने बताए ।

सवारी जामले कैयौं बिरामीहरुको अस्पताल लाँदै गर्दा बाटैमा ज्यान गुमाउनु परेको भन्दै उनले हरेक अस्पतालको आफ्नै हेलिप्याड हुनुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस