हिन्दी भाषा गंगा नदी जस्तै पवित्र

0
7

आपूर्ति मन्त्री दीपक बोहराले हिन्दी भाषाले अनेक भाषालाई जोडेकोले हिन्दी भाषा गंगा नदी जस्तै पवित्र रहेको बताएका छन् । हिन्दी दिवसको उपलक्ष्यमा नेपालका लागि भारतीय राजदूतावासले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले हिन्दी भाषाले अरु अरु भाषालाई जोडेर समृद्ध भएको धारणा राखे । हिन्दी वैज्ञानिक भाषा हो यो भाषा जसरी बोलिन्छ, त्यसरी लेखिन्छ’ भन्दै उनले हिन्दी र नेपाली भाषा दिदी वहिनीको रुपमा रहेको उल्लेख गरे । प्रज्ञा प्रतिष्ठानका अनुवाद विभागका प्रमुख उषा ठाकुरले नेपालमा ९० प्रतिशतले हिन्दी भाषा प्रयोग गरेको दावी गरिन् भने डा.गंगाप्रसाद अकेलाले हिन्दी भाषा र साहित्यको शुरुवात नेपालबाट भएको दावी गरे ।

त्रिवि हिन्दी विभागकी प्रमुख श्वेता दिप्तीले भारतले नेपाली भाषाले मान्यता पाइसकेको भएपनि नेपालमा हिन्दी भाषालाई मान्यता दिन अनाकानी भएको धारणा राखिन् ।हिन्दी भाषालाई नेपालमा कामकामकाजको भाषा बनाउनु पर्ने कुराको विरोध हुनुको कुनै तुक नरहेको टिप्पणी गरिन् ।

प्रतिक्रिया दिनुहोस