अखिल क्रान्तिकारी द्वारा नेबिसंघका बिद्यार्थी माथि आक्रकमण

0
18

स्ववियु निर्वाचनको मिति घोषणालगत्तै चुनाव प्रचारमा सक्रिय नेविसंघ बिद्यार्थी माथि अखिल क्रान्तिकारीका बिद्यार्थीले पद्मकन्या क्याम्पसमा कुटाकुट गरेका छन् । कुटाकुटको दुबै पक्षले आक्रमणमा एकअर्कालाई दोष लगाएका छन् ।नेविसंघले अखिल क्रान्तिकारीको टोलीले आफ्ना कार्यकर्ताहरुलाई आक्रमण गरेर घाइते बनाएको बताएको छ । आक्रमणबाट नेविसंघकी नेतृ सीता मिजार घाइते भएको र उनको मोडेल अस्पतालमा उपचार भइरहेको नेविसंघ इकाइ अध्यक्ष साधना घिमिरेले बताइन् ।

यता अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले नेविसंघको आक्रमणबाट अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा पद्मकन्या क्याम्पस अध्यक्ष बसन्ता भण्डारी, केन्द्रीय सदस्यहरु गंगा दाहाल, दर्शना नेपाली, दिपा जोशी र देविका मिजार घाइते भएका छन् ।

तर, क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा पद्मकन्या क्याम्पस अध्यक्ष बसन्ता भण्डारीले भने आफूहरुले नेविसंघलाई आक्रमण नगरेको बताइन् । उनले भनिन्, ‘हामीले कसैलाई आक्रमण गरेका छैनौं । बरु मलाई हानिएको ईंटा पर्खालमा लागेर उछुट्टियो र नेविसंघकालाई  लाग्यो । यो सबै प्रत्यक्ष देख्ने पुलिस प्रशासन छ ।

 

प्रतिक्रिया दिनुहोस