आज पनि संसद बैठकअबरुद्ध हुने निश्चित

0
10

आज बस्ने संसद बैठक पनि अबरुद्ध हुने निश्चित भएको छ। सभामुख ओनशरी घर्तीले संसदको गतिरोध अन्त्यका लागि दलहरुलाई दिएको ६ दिनको समयमा दलहरुबिच कुनै सहमति नभएपछि बैठक अबरुद्ध हुने निश्चित छ।  संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको बिरोधमा संसद अबरूद्ध गर्दे आएको प्रमुख बिपक्षी एमाले संसद खोल्न केही लचिलो भए पनि संसदको अबरोध हटाउन तयार छैन।  तर यो अवधिमा सत्ता पक्ष र प्रतिपक्षबीच औपचारिक छलफल समेत हुन सकेन।

यसैबीच सभामुख घर्तीले  साढे ११ बजे बानेश्वरमा कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएकी छन्। आज पनि दलहरू बिच सहमति नभएमा सभामुख घर्तीले संसदको बैठक पटक–पटक बोलाएर सहमतिका लागि दबाब दिने भएकी छन्। अबको रणनीति तय गर्ने प्रमुख बिपक्षी एमाले सहितका नौ दलको बैठक अहिले बसिरहेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताएका छन

यसअघि शनिबार बसेको एमाले स्थायी कमिटिको बैठकले संसद संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसद सुचारु हुन नदिने निर्णय गरिसकेको छ। सत्तारूढ कांग्रेस र माओवादी केन्द्रले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई आइताबारको बैठकमा संशोधन विधेयक पेश हुने आश्वास दिइसकेका छन्। सत्तारुढ दलले आजको बैठकमा संशोधन बिद्येयक पेश गर्ने तयारी गरे पनि बिपक्षी दलको सहमति बिना सम्भव नहुने देखिएको छ। आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।