आज नेकपा एमालेको शक्ति प्रदर्शन

0
14

आज नेकपा एमालेसहित विपक्षी ९ दलले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । संविधान संशोधन विधेयकको विरोधमा विपक्षी ९ दलले प्रदर्शनसहित आमसभा गर्दैछन् । विपक्षी दलहरुले डेढ लाख जनतालाई सडकमा उतार्ने दाबी गरेका छन् ।प्रदर्शनमार्गमा सडकमै मञ्च बनाइएको छ । र, पद्मोदय मोडसम्म सहभागीहरुलाई राखिने एमालेले जनाएको छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहित ९ दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ सभाअघि राजधानीका विभिन्न स्थानबाट जुलस निस्कने एमालेले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस