अभिनेता ओम पुरीको निधन

0
10

बलिउडका प्रसिद्ध अभिनेता ओम पुरीको शुक्रबार बिहान निधन भएको छ । हृदयघातको कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  ६६ वर्षको उमेरमा मुम्बईमा उनको निधन भएको परिवारका सदस्यले बताएका छन् । पञ्जाबको पटियालाका ओम पुरीले सन् १९७३ मा राष्ट्रिय नाट्य विद्यालयवाट स्नातक गरेका थिए ।

१९७६ मा पुणे फिल्म संस्थानवाट प्रशिक्षण लिएका ओम पुरीले निजी थिएटर ‘मजमा’ स्थापना गरेका थिए । सन १९७६ मा मराठी फिल्म घासीराम कोतवालवाट करिअर सुरु गरेका उनले ३०० बढी हिन्दी फिल्ममा काम गरेका छन् । पुरी हलिउड फिल्म पनि खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस