एयरपोर्टमा नेपाल भित्रँदै गरेको ३४ किलो सुन बरामद

0
26

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन बरामत गरेको छ । सुनसँगै तीन जना पक्राउ परेका छन् । बुधबार दुवईबाट काठमाडौं आएको एयर अरेवियाको विमानबाट सुन बरामद भएको हो । बरामत गरिएको सुनमा १० तोलाको दरमा २८२ पिस सुनका विस्कुट, १९ थान औंठी र २० थान सिक्रीजस्तै आकारका सुनका मालाहरु छन् । यसको तौल ३४ किलो रहेको छ ।

विषेश सूचनाको आधारमा विमानस्थल पुगेको सिआइबीको टोलीले सुनसहित बाँकेका गोपाल बहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्लेलाईलाई पक्राउ गरेको छ ।सुन राखिएको लगेजसहित गोपाल बहादुर शाही हिजो दुवईबाट काठमाडौं आएका थिए । आज लगेज लिनका लागि पुगेका शाहीसहित थापा र काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो । सुनका मालिक को हुन् भनेर खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस