छात्रवृती हिनाविना गर्ने निजी शैक्षिक सस्थाहरुलाई नेबिसंघले कारबाही गर्छ : उपाध्यक्ष पुष्प कुमार शाही

0
121

नेपाल बिद्यार्थी सघंका केन्द्रीय उपाध्यक्ष पुष्प कुमार शाहि बिद्यार्थी माझ सालिन र तर्कसिल नेताका रुपमा चिनिनुहुन्छ । काठमाण्डौ बिश्वबिद्यालयको काउन्सिलको निर्वाचन स्थगित भएसगैँ त्रिभुवन बिश्वबिद्यालयको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको बिषयमा बिद्यार्थी जगतमा चर्चा चलिरहेको छ । सोही सन्दर्भमा रहेर उपाध्यक्ष शाहि संग गरेको छलफल प्रस्तुत गरेका छौँ ।

 नेपाल बिद्यार्थी सघंको राजनितिमा लागेर तपाईका प्राथमिक उद्धेस्य के के रहेका छन् ?
नेपाल बिद्यार्थी सघंको राजनितिमा लागी सकेपछी मुख्य उद्धेश्य भनेको बिद्यार्थीहरुको हकहितलाई सम्वन्धीत ठाउमा पु¥याउनु हो बिद्यार्थीको अधिकार स्थापित गर्नु नै मेरो प्राथमिक कार्य रहेको हुन्छ । समग्र िबिद्यार्थी आन्दोलनलाई ससक्त बनाउन अन्य बिद्यार्थी संगठनहरु सगँ सहकार्य गर्ने, बिद्यार्थीका मुद्धाहरुलाई उठान गर्ने, तत्कालिन उद्धेश्य भन्नुहुन्छ भने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन नभएको धेरै भयो जसले गर्दा बिद्यार्थीको मुद्धा सम्वन्धीत ठाउँ सम्म पुग्न सकेको छैन त्यसैले अहिलेको उद्धेश्य भनेको कार्य भनेको स्व वि यू निर्वाचन गर्नु हो ।

काठमाण्डौ विश्वबिद्यालयको स्टुडेन्ट काउन्सिलको निर्वाचन स्थगित भए सँगै बिद्यार्थीको अधिकार कुन्ठित भएको महसुस भएको छैन ?
काठमाण्डौँ विश्वबिद्यालयको काउन्सिलको चुनावमा नेबिसघंले त्यहाँ भएको ईमान्दारिता क्षमता आफ्नो नैतिकतालाई प्रस्तुत गरेर जिताउन प्रयत्न थियो । र सि आरमा अधिकान्स ठाउमा जितिसकेको थियो, तर अन्तिममा आएर केहि बिद्यार्थी सगँठनले आफु हार्ने निश्चित देखी सकेपछी उहाँहरु निवार्चन वाट भाग्नुभो, त्यसपछी विवाद गर्नुभो, अवैधानिक रुपमा सि आरमा जित्नुभो भनेर गलन एजेण्डा उठायउनु भो । त्यसकारण अधिकार कुन्ठित भै सकेको त भन्न मिल्दैन तर पनि के यू को काउन्सिलको निर्वाचन समयमै हुनु पर्दथ्यो त्यो भएन, ने बि सघं यसकालागी दत्तचित्त भएर चुनाव गराउन लागीपरेको छ ।

केयू को नजिर हेर्दा के टियूको चुनाव होला जस्तो लाग्छ तपाईलाई?
स्वतन्त्र बिद्यार्थी यूनियनको निवार्चन कुनैपनि हालतमा समयमै सम्पन्न गर्नु पर्दछ । स्व बि यू निर्वाचन पञ्चायत कालको समय २०३६ सालमा सुरु भएको हो, हाम्रा अग्रजहरुको सर्मपण र योगदान बाट स्थापित भएको हो, स्वबियू भनेको बिद्यार्थीा संगठनको छाता संगठन हो ।जो निर्वाचन बाट निर्वाचित भईसकेपछी बिद्यार्थीहरुको हकहितको लागी लड्नुहुन्छ । त्यो अवस्थामा त निर्वाचन सम्भव भयो भने प्रजातान्त्रिक परिपाटीमा त निवार्चन नै यसको मेरुदण्ड भएकाले निर्वाचन जसरी पनि हुनु पर्छ भन्ने हाम्रो धारणा हो, यसका लागी हाम्रा केन्द्रीय अध्यक्ष नैनसिहँ महर लागी रहनु भएको छ । अन्य संगठनका साथीहरु संग यस बिषयमा ब्यापक छलफलमा लाग्नु भएको छ ।

 नेपाल बिद्यार्थी सघंले शैक्षिक मुद्धा भन्दा बढी राजनैतिक मुद्धालाई बढी उठान गर्छ भन्छन् नि बिद्यार्थीहरु ?
सुरुमै तपाईलाई निवेदन गरे नेबिसघंको स्थापना नै बिद्यार्थीहरुको समस्या उठान गर्न बिद्यार्थीहरुको हकहितका पक्षमा लड्न भएको हो । अर्थात वर्गिय हितका लागी बिद्यार्थी बर्गको आवाजलाई उठान गर्न यसको स्थापना भएको हो । त्यसैले जव जव बिद्यार्थीहरुले परिवर्तन चहान्छन् तव नेबिसघंले राजनितिक परिवर्तको सम्वाहको रुपमा पनि लडेको ईतिहास ताजा छ तर यसौ भन्दैमा शैक्षिक मुद्धा ओझेलमा परेको भन्न चाहि मिल्दैन ।राज्यबाट बिद्यार्थी वर्गमाथी अन्याय भएको अवस्थामा भने बिद्यार्थीले कलम र कापीलाई बिश्राम गरेर हक हितको लागी अग्र मोर्चामा लडेको छ । २०६२–६३को आन्दोलनमा पनि नेबिसंघका साथीहरुले आफ्नो आहुती दिएको कुरा ताजै छ । त्यस कारण नेपाल बिद्यार्थी सघं समय र परिस्थिती अनुसार आफुलाई मुभ गर्न जान्दछ ।र यसको पहीलो काम भनेको बिद्यार्थीहरुको हकहितका लागी लड्ने नै हो ।

स्वबियू नहुदाँ निजी शैक्षिक सस्थाहरुले मनलाग्दी छात्रवृतीको दुरुपयोग गरी आफन्तलाई छात्रवृती दिएको देखिन्छ, यस्तो कार्य रोक्न नेबिसघंले कस्तो कार्य गर्दैछ

छात्रवृती भनेको गरिव तथा जेहन्दार बिद्यार्थीहरुको लागी अध्ययन गर्न सहज बनाउने प्रकृया हो तर यदाकदा निजी शैक्षिक सस्थाहरुले यसको दुरुपयोग गरेको देखिन्छ, यस्तो कार्य रोक्न पहिले हामी आग्रह गर्दछौँ नमाने चेतावनी दिन्छाँै यसो गर्दा पनि गरिवका नाममा आफ्नालाई छात्रवृती पोस्ने कार्य गर्ने शैक्षिका सस्थाहरुलाई नेबिसघंले कारवाही गर्दछ । संचालकहरुले ब्यापार शिक्षालाई ब्यापार गर्न खोजे भने ति शैक्षिक दलालहरुलाई नेबिसघं कडा कारवाही गर्छ ।

 

प्रतिक्रिया दिनुहोस