नेपालको लगातार दोस्रो हार, नेपाललाई दबाब

0
39

महिला एसिया कप टी–२० प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल दोस्रो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । नेपालले पहिलो इनिङमा बनाएको २३ रनको लक्ष्यलाई भेटाउन श्रीलंकाले आधा घण्टाको समय पनि खर्चिनु परेन।

श्रीलंकाले २७ बलमै नेपाललाई पराजित गर्यो। सोमबार थाइल्यान्डमा भएको दोस्रो खेलमा श्रीलंकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। खेलमा नेपालका आठ खेलाडी खाता नखोल्दै आउट भए। नेपालकी ज्योती पाण्डेले सर्बाधिक १६ रन बनाइन् । सीता राना मगरले ४  र कप्तान रुबिना क्षेत्रीले १ रन जोडिन्।

नेपाल १६ दशमलव २ ओभरमा अल आउट भयो।   अतिरिक्तको रुपमा नेपालले २ रन जोडेको थियो। श्रीलंकाले ४ दशमलव ३ ओभरमा २ विकेट गुमाउदै विजय लक्ष्य प्राप्त गर्यो।९३ बल खेल्न बाँकी रहँदै श्रीलंकाले आठ विकेटले नेपाललाई पराजित गर्यो। नेपालका लागि कप्तान रुबिन र करुना भण्डारीले १–१ विकेट बाँडे। रुबिनाले दुई ओभरमा १७ रन खर्चेकी थिइन् ।अब नेपालले आज बंगालदेश, १६ मा थाइल्याण्ड र १७ मा भारतको सामना गर्नेछ ।