नेपाल यू-१९ एसिया कप क्रिकेटका लागि छनोट

0
25

नेपाली युवा टोली मलेसियामा हुने एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि छनौट भएको छ । एसीसी यू- १९ पूर्वी क्षेत्र छनौटको फाइनलमा हङकङलाई ५ विकेटले हराउँदै नेपालले एसिया कप सहभागिता पक्का गरेको हो । मलेसियामा जारी एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङको ७७ रनको लक्ष्य पछ्याइरहेको थियो। तस्बि क्यान वेभ

मलेसियाले दिएको ७७ रनको लक्ष्य पछ्याएको नेपालले पाँचौ विकेटका रूपमा सुमित महर्जनलाई शून्यमा गुमाएको थियो। मलेसियाको किन्नारा ओभलमा टस जितेको नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो। निर्धारित ५० ओभरको खेलमा हङकङले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनाउन सक्यो। हङकङको ७७ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य चुमेको हो ।

प्रतिक्रिया दिनुहोस