६६ औ प्रजातन्त्र दिवसको अवसर पारि हिजोदेखि सुर्यनगर गोल्डकप २०७३ संचालन

0
10

नव युवा क्लब दाउन्नेदेवि २ सुर्यनगर नवलपरासिद्धारा ६६ औ प्रजातन्त्र दिवसको अवसर पारि हिजोदेखि सुर्यनगर गोल्डकप २०७३ संचालन भएको हो । शनिबार क्लवका अध्यक्ष भरत गुरुडको अध्यक्षता एवम नलपरासि क्षेत्र नम्बर ५ का सांसद विक्रम खनालको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन सत्र सम्पन्न भएको हो । खेलमा नवलपरासि , रुपन्देहि , तनहु, कपिलबस्तु , कास्की लगाएत ६ जिल्लाबाट १६ वटा फुटबल टोलिहरुले सहभागिता जनाउने बताईएको छ । हिजो पश्चीम पोखरा पुलिस टिप र भौरव डा्रईभिड सेन्टर गोपिगन्ज बिच भएको खेलमा , पश्चीम पोखरा ले र भौरव डा्रईभिड सेन्टर गोपिगन्जलाई टाईब्रेकमा ६ का विरुद्ध ७ गोलले जितेको छ । आज दोस्रो दिनको खेलमा नवलपरासिको देश भक्त मगरमुडा टोलि र लिङ्कन फुटबल एस पि टिम रुपन्देहि भिडेका थिए । जसमा देश भक्त मगरमुडा १ का बिरुद्ध गोल ४ गरि लिङ्कन फुटबल एस पि टिमलाई हराएको छ ।

प्रतियोगिता यहि फागुन २५ गते सम्पन्न हुने आयोजकले बताएको छ । प्रथम पुरस्कार नगद रु १ लाख ५० हजार , द्धितियले ७५ हजार सिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । उत्कुष्ठ खेलाडि , अनुशाशित टिम र सार्वधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था गरिएको क्लबका अध्यक्ष भरत गुरुङले बताउनुभयो । । तेश्रँे भेट्रान्स कप खुल्ला नकआउट फुटबल नवलपरासीको कुमारवर्ती ७ मा रहेको सरस्वती माध्यमिक बिद्यालयको खेल मैदानमा जारी तेस्रो भेट्रान्स कप खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा चितवन भेट्रान टिम बिजयी हुदै फाईनलमा प्रवेश गरेको छ ।बुटवल युथ सोसाईटी र चितवन भेट्रान टिम बिच भएको खेलमा चितवन ३÷१ गोल अन्तरले बिजयी हुदै फाईनलमा प्रवेश गरेको हो । चितवनको जितका लागि सविन बिक,रविन्द्र श्रेष्ठ र सन्तोस नेपालीले एक एक गोल गरे ।

यता बुटवलका तर्फ बाट एक मात्र सान्त्वना गोल बिनोद रानाले गरेका थिए ।प्रतियोगिता अन्र्तगत भोलि युवा खेलकुद तथा सास्कृतीक परीवार भैरहवा र देवचुली खेलक्ुद समिति बिच फाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुने खेल संयोजक पुष्परत्न महत्तोले जानकारी दिनुभयो ।फाईनल खेल फागुन १२ गते दिउसो २ बजे हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा बिजेता टिमले ३५ हजार १ ,द्धितिय हुनेले २५ हजार १ रुपैया प्राप्त गर्ने छन । यस्तै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही २५ सय रुपैयाले पुरस्किृत गरीने समेत संयोजक महत्तोले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस