वीरगन्ज युनाईटेड क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको क्वार्टरफाईनलमा

0
12

सहारा क्लब पोखरालाई हराउँदै वीरगन्ज युनाईटेड क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा शनिबार भएको क्वार्टरफाईनलमा सहारामाथि १–० को जित निकाल्दै वीरगन्ज प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो । वीरगन्जको जितमा विकास राईले निर्णायक गोल गरे । सहाराको रंक्षापंक्ती सम्हालिन नपाउदै खेलको दुई मिनेटमा बिकासले गोल गरे । डिबक्सभित्रबाट बिकासले प्रहार गरेको सहाराका कप्तान सुसन गुरुङको खुट्टामा लागेर गोल भएको थियो । बिकासको प्रहार रोक्न सुसन असफल देखिए । खेलको सुरुवातमै गोल खाएपछि दवावमा देखिएको सहारामा तालमेलको अभाव देखिन्थ्यो । एकेडेमीका तीन खेलाडीसहित मैदानमा उत्रिएको सहाराले वीरगन्जविरुद्ध पहिलो हाफमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।

सहाराको फिनिसिङमा तालमेलको अभाव खड्कियो। खेलमा अग्रता लिएपछि पहिलो हाफमा वीरगंज हावी भयो । सुरुवातदेखि आक्रामक खेल खेलेको वीरगन्जले खेलको ३३ औं मिनेटमा कप्तान अमर डंगोलको पासलाई बिकास राईले फितलो प्रहार गरे। डिबक्सभित्रको बलमा उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । पहिलो हाफको अन्तिम समयमा पाएको तीन वटा उत्कृष्ट अवसर वीरगन्जले चुकायो । खेलको दोस्रो हाफमा सहाराले सुधारिएर प्रदर्शन गरे पनि स्कोर गर्न नसक्दा पराजय भोग्न पुग्यो । दोस्रो हाफमा सहाराले वीरगन्जलाई दवावमा राख्दै बनाएको थुप्रै अवसर चुकाउन पुग्दा हार आत्मसाथ गर्न बाध्य भयो । सहाराका सहायक प्रशिक्षक दिपेश योञ्जनले खेलाडीबिच तालमेल नमिल्दा पराजय भोग्न पुगेको बताए । खेलको म्यान अफ दि म्याच वीरगन्ज रजिन सुब्बा घोषित भए । उनले पाच हजार नगद प्राप्त गरे । प्रतियोगिता अन्तर्गत आईतवार साविक बिजेता प्राईम पोलिक्लिनिक बिजय युथ क्लब र सरस्वती युथ क्लबबिच हुनेछ ।

प्रतिक्रिया दिनुहोस