नेबिसंघ दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाटद्वारा खेलकुद कार्यक्रम संचालन

0
17

दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट चिसापानिमा नेपाली काग्रेश निकट बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघ क्याम्पस ईकाई समितिले संचालन गर्ने विभिन्न अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद संचालन गरेको छ । यहि माघ १७ गतेदेखि क्याम्पसको खेलमैदानमा खेलकुदका कार्यक्रम संचालनमा ल्याएको हो ।

जस अन्गर्गत आज भलिबल , फुटबल , बास्केटबल र म्युजिकल चेयर खेल सम्पन्न भएका छन । क्याम्पसले यस वर्ष खेलकुदको आयोजना नगरेकोहुदा विद्यँर्थिको शारिरिक र मासिक स्फुर्तिका लागि पनि खेल अत्यावश्यक रहेको आयोजकले बताएको छ । नेविसंघले हरेक वर्ष विभिन्न अतिरिक्त क्रियमकलापको संचालन गर्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिएको नेविसंघ ईकाई समिति किशोर गैहे्ले बताउनुभयो ।

त्यस्तै संघले भोलि ब्याम्पसको प्राङगणमा सरस्वती पुजाको आयोजना पनि गरेको छ । सो अवसरमा भोलि घैटोफोड प्रतियोगिता गरिने सचिव केदार चौधरिले बताउनुभयो । क्याम्पसले आयोजना नगरेता पनि बिद्यार्थी संगठनले यस प्रकारको खेलको संचालन गरेकोमा बिद्यार्थीहरुले खेलमा उत्साहपुर्ण सहभागिता जनाएको बताएका छन ।