नेपाल वायुसेवा निगमले भिर्याएका दुईवटा वाइड बडी जहाज खरिदमा भएको अनियमितता संसद्को सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ । समितिको एक साताअघि बसेको बैठकले वाइड बडी जहाज खरिदसम्बन्धी कागजात मगाउने निर्णय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा पर्यटनले पठाएको कागजात...
नेपाल सरकार र मलेसियाली सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै अब नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् । भिसा प्रक्रियामा समेत कुनै पनि शुल्क...
सडक विभागले पृथ्वी राजमार्ग अन्तर्गत  मुग्लिन पोखरा सडकलाई पनि फराकिलो बनाउने भएको छ। एसियाली विकास बैंकको सहयोग आउने भएपछि मुग्लीन-पोखराको झण्डै ९३ किलोमिटर सडक विस्तारको विस्तृत डिजाइनिङ थालिएको सडक विभागले जनाएको छ । क्यानेडियन कम्पनी एमएमएम ग्रुपले मुग्लिन-पोखरा सडकको डिजाइनिङको जिम्मा पाएको छ र, उसले फिल्डमै पुगेर सडकको अवस्था हेरेर डिजाइन तयार गर्नेछ...
सर्वोच्च अदालतले नेपाली नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीलाई नदिन सरकारको नाममा अन्तरिम आदेश दिएपछि यातायात व्यवस्था बिभागले तत्कालका लागि स्मार्ट लाइसेन्स वितरण नै रोक्ने तयारी गरेको छ। नेपाली नागरिकको व्यक्तिगत विवरण भारतीय कम्पनीको कब्जामा रहेको भन्दै सर्वोच्चमा रिट परेको थियो । त्यसमा सुनुवाई गर्दै न्यायाधीश दीपकराज जोशीको इजलाशले ‘नागरिकको...
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माण भएका फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको हो । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको  १२-१२...
अर्थमन्त्री डा. युवराज खतिवडाले जनतालाई तीर्न नसक्नेगरी करको बोझ नलगाएको स्पष्ट पारेका छन् । आइतबार काठमाडौंमा आयोजित व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री खतिवडाले सर्वसाधारणलाई करको बोझ लगाउने काम भएकोे भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने भन्दै स्पष्टिकरण दिएका हुन् । मन्त्री खतिवडाले संघीयता कार्यान्वयनका लागि प्रदेश...
बुटवल पावर कम्पनीको मुख्य लगानीमा सुरु गर्न लागिएको कावेली ए जलबिद्युत आयोजनाको एक समारोह बीच आयोजना स्थलको बाध क्षेत्रमा आज सिल्यान्यास कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथिको रुपमा आयोजनाको सिल्यान्यास गर्दै स्थानिय बयोबृद्ध समाजसेवी दुर्गा भण्डारीले यस आयोजनाले स्थानिय संग मिलेर काम अगाडी बढाउने र स्थानिय बासिन्दाले पुर्णरुपमा आयोजनालाई...
पुसको दोस्रो साता सिन्धुली उद्योग वाणिज्य संघले सिन्धुली महोत्सव गर्ने भएको छ । आज राजाधनिमा पत्रकार सम्मेलन गरी आगामी पुस ७ देखि १७ सम्म महोत्सव गर्ने जानकारी दिएको हो । सम्मेलनमा संघका अध्यक्ष विनेश श्रेष्ठले सिन्धुली जिल्ला ऐतिहासिक, सामाजिक, भौगोलिक, सांस्कृतिक, तथा सुन्दरताको भण्डार रहेको बताउँदै त्यसको उजागर गर्न...
मुलुककै जेठो उद्योग विराटनगर जुट मिल्स आइतबारबाट सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापन समितिले करिब ३ वर्षपछि मिल पुनःसञ्चालन ल्याएको हो । २०७२ भदौ १९ गतेदेखि मिल पूर्ण रुपमा बन्द रहेको थियो । नयाँ व्यवस्थापनले मिल्सलाई पूर्ण रुपमा आईपी सिस्टमको सीसी क्यामराको निगरानीमा राखेर सञ्चालन गरेको छ । मिल्सका सञ्चालक...
भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको खाताबाट सञ्चालकहरूको खातामा ठूलो परिमाणमा रकम हस्तान्तरण भएको भेटिएको छ । कलेजस्रोतले उपलब्ध गराएको विवरण हेर्दा १० करोड रुपैयाँभन्दा बढी रकम अनियमित रूपमा व्यक्तिको खातामा गएको देखिन्छ । ‘कलेजको खाताबाट केही सञ्चालकको खातामा बारम्बार रकम निकासा गरेको देखिन्छ,’ कलेजस्रोतले भन्यो, ‘तलब र अन्य सुविधाबाहेक...
स्याङ्जाको वालिङमा जिल्लाकै ठूलो डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा आएको छ । गाउँवेशी डिपार्टमेन्ट स्टोर्स प्रा.लि.ले दुई करोडको लगानीमा डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा ल्याएको हो । डिपार्टमेन्ट स्टोर्समा लत्ता कपडा बाहेकका सबै सामग्रीहरु एउटै छानामुनी उपलब्ध गराउने कम्पनीले जनाएको छ । “पहिलो चरणमा खाद्यान्नका सामग्री, बच्चाका खेलौनाहरु, भान्छामा प्रयोग हुने सामानहरु, कस्मेटिक सामान...
दुई पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ। सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ।  कारोबार दैनिकमा प्रकासित समाचारका अनुसार  दुई पांग्रे सवारीमा  केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३/२०७४...
इन्जिनियरहरुले हालै सामूहिक राजीनामा दिए पछी सरकारले भूकम्पपछिको पुनर्निर्माणमा खटिएका प्राविधिक तथा इन्जिनियरलाई ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले सदरमुकामसम्म जाने प्राविधिक तथा इन्जिनियरलाई ५० प्रतिशत र गाउँसम्म जानेलाई तलबको ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको हो ।
भारतीय पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रका व्यवसायी र सर्वसाधारण मर्कामा परेका छन् । यो घटनाका कारण भारतमा काम गरी फर्किएका शैयौँ नेपाली यतिबेला धनगढीलगायतका सीमावर्ती नेपाली बजारमा अलपत्र परेका छन् । सीमाक्षेत्रका साना व्यवसायी र सर्वसाधारणले भारतीय आफन्तको प्रयोग गरी आफूसँग भएको रकम साटेको...
गल्याङ उधोग बार्णिज्य संघले गल्याङमा प्रथम गल्याङ सस्कृतिक तथा रमाईलो मेला आयोजना गरेको छ। असार २२ देखी श्रवण १ गते सम्म चल्ने सो मेलामा गल्याङ क्षेत्रभित्रका सास्कृतिक गीत, संगितका साथसाथै स्थानिय कृषि तथा खानाको प्रदर्शनी तथा ब्यापार हुनेकुरा बाणिज्य संघका अध्यक्ष लेखनाथ भट्टराईले बताउनु भएको छ। मेला अवधीभर २...
नेपाली ग्यास उद्योगीले पहिलो पटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याई ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोडेका छन। इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट ग्यास ढुवानी गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट बिहीबार बीरगन्ज भन्सार आइपुगेका छन् । सरकारले नेपाली ग्यास उद्योगीलाई बुलेट सञ्चालनको अनुमति सहित ६६ %  भन्सार छुट दिने निर्णय गरेपछि उद्योगीले बुलेट खरिद...
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका भरतकुमार शाह निर्विरोध निर्वाचित भएका छन् । समितिको आजको बैठकमा समिति सदस्य राजेन्द्रकुमार केसीले रुपन्देहीका शाहलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमाथि अर्का सांसद मीना सुब्बाले समर्थन गरेका थिए । सो प्रस्तावलाई बैठकले सर्वसम्मतरुपमा अनुमोदन गरेको...
सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । मङ्गलबार सम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका हुन् । सो सङ्ख्या अहिलेसम्मकै बढी भएको हो । गत वर्ष कुल ३४ समूहका २८९ जनाले आरोहणको अनुमति लिएका थिए । यस वर्ष आरोहीको सङ्ख्या अत्याधिक भएपछि सगरमाथामा ट्राफिक...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेकोे निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी...
प्रेमको प्रतीक मानिने रातो गुलाब यस वर्षको लागि भारतबाट रु ५० लाख बराबरको आयात गरिने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । ल्याइएका फूलमध्ये ४० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुने गरेको छ ।  पछिल्लो समय नेपालमा...