स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट

0
39

नेपाली ग्यास उद्योगीले पहिलो पटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याई ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोडेका छन। इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट ग्यास ढुवानी गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट बिहीबार बीरगन्ज भन्सार आइपुगेका छन् ।

सरकारले नेपाली ग्यास उद्योगीलाई बुलेट सञ्चालनको अनुमति सहित ६६ %  भन्सार छुट दिने निर्णय गरेपछि उद्योगीले बुलेट खरिद गरेका हुन् । नेपाली नम्बर प्लेटका ग्यास बुलेट भारतीय भन्सार पास भएर वीरगन्ज भन्सार आइपुगेको छ ।

आजको नागरिक दैनिकमा उल्लेख भए अनुसार अहिले ल्याएका ना ७ ख ९२७ र ना ७ ख ९२८ नम्बरका बुलेट एभरेस्ट ग्यास उद्योग प्रालिले ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस