सेयरमा लगानी गर्दै हुनुन्छ? एक पट्क अध्ययन गर्नु है

0
51

केही सातादेखि आक्रामक ढङ्गले ओरालो लागेको सेयर बजारमा अन्योलका बीच आइतवार पनि ६५ अङ्कको भीषण गिरावट आएको छ । आधा घण्टामा नै सर्किट ब्रेकर लगाउनुपरेको आइतबारको बजारमा ९५ करोडको कारोवार भए पनि बजारमा आएको तीव्र वियरिस्ट मोडले पुँजी बजारमा हलचल नै मच्चाएको छ । सामान्यतया बजारमा २० प्रतिशतसम्मको गिरावटलाई करेक्सनको रुपमा व्याख्या गरिए पनि अहिले त्यो लिमिट पनि क्रस भइसकेको अवस्था हो । त्यसकारण बजारमा देखिएको अहिलेको गिरावटलाई करेक्सन भन्न नमिल्ने स्थिति छ । उच्चतम विन्दुबाट करिब २२ प्रतिशतले ओरालो लागेको बजारमा बियरिस्ट ट्रेन्ड सुरु भएको अनुमान गरिएको छ । कतिपयले बजारमा ठूला तथा संस्थागत लगानीकर्ताले साना लगानीकर्तालाई तर्साएर सस्तोमा सेयर हत्याउन बजारमा आतङ्क सिर्जना गरिएको आरोप लगाएका छन् भने कसैले अब बजार २५ प्रतिशतको बियरिस्ट ट्रेन्ड नजिक रहेकाले बजार क्र्यास माजाने दाबी पनि गरिरहेका छन् ।

त्यसरी नै अहिले बजारमा आएको गिरावट नियन्त्रण गरी आफ्नो लगानीको सुरक्षा गर्ने मुख्य जिम्मेवारी स्वयम् लगानीकर्ताको नै हो । किनभने बजारका चालक स्वयं लगानीकर्ता नै हुन् । अहिले बजार घटेको समयमा सेयर किन्नु उपयुक्त हुन्छ । बजार घटेको समयमा सेयर किनेर फाइदा उठाउनुको साटो बजारबाटै भाग्न खोज्नु समग्र बजारकै लागि घाटा हो ।यो समयमा लगानीकर्ताहरुले नोक्सानमा गएका कम्पनीहरुलाई यो स्थितिमा बेच्नुको साटो होल्ड गर्नु उपयुक्त हुन्छ । यस्तो अवस्थामा घाटामै सेयर बेच्दा बजार झनै तल झर्ने खतरा हुन्छ । अतः घाटा भएका सेयर होल्ड गर्दै यो घटेको बजारको मौका उठाउँदै राम्रा कम्पनीमा किन्दा समग्र बजार नै सन्तुलनमा आउँछ र लगानीकर्तालाई पनि लाभ हुनेछ ।

यसै बिच  धितोपत्र वोर्डले बोर्डबाट स्वीकृत धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ वमोजिम ‘एप्लिकेशन सपोर्टेड वाइ ब्लक्ड एमाउण्ट’ (एएसवीए) प्रणाली आगामी माघ १ गतेदेखि लागू गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस