भारतीय नोटमा प्रतिबन्ध पछि सर्वसाधारण मर्कामा

0
37

भारतीय पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रका व्यवसायी र सर्वसाधारण मर्कामा परेका छन् । यो घटनाका कारण भारतमा काम गरी फर्किएका शैयौँ नेपाली यतिबेला धनगढीलगायतका सीमावर्ती नेपाली बजारमा अलपत्र परेका छन् ।
सीमाक्षेत्रका साना व्यवसायी र सर्वसाधारणले भारतीय आफन्तको प्रयोग गरी आफूसँग भएको रकम साटेको भएपनि पहुँच नभएकाहरु भने भारतीय दलालसँग आधा मूल्यमा भारु साट्न बाध्य भएका छन् ।
सिरहासँग सीमाना जोडिएका भारतीय बजारहरु जयनगर, लौकहा, लदनीयाँ लगायतका बजारमा प्रतिबन्धित भारु आधा मूल्यमा साटिने गरेको सर्वसाधारणहरुले बताएका छन् ।
घरायसी सामाग्रीहरु किनमेलका लागि भारत विहारको जयनगर पुगेका गोलबजार नपा–८ का वोयलाल यादवले भारु १ हजार साट्न परे त्यसको आधा र ५ सय साट्नु परेपनि आधा मूल्य दिइने गरेको बताए ।

आफन्त नभएका नेपालीको पाँच सय र हजारको नोट साट्न भने आधा मूल्यमा दलालकै भर पर्नुपर्ने अवस्था आएको हो ।
नेपाल राष्ट्र बैंकले सर्वसाधारणको भारु साट्नेबारे पहल गरिरहेको भएपनि भारतीय केन्द्रीय बैंकले हालसम्म जवाफ पठाएको छैन । भारतीय पक्षबाट जवाफ नआउँदा अन्योलमा परेका सर्वसाधारण आधा मूल्यमा रकम साट्न बाध्य भएका हुन् ।भारत सरकारले हजार र पाँच सयको भारुमाथि प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रमा मुद्राको ओसारपसार बढेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस