गरिमाको ७० प्रतिशत हकप्रद खुल्यो

0
2

गरिमा विकास बैंकले बैशाख १४ गते देखि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्कासन गरेको छ । बैंकले एक सय रुपैँया अंकित मूल्यको ९० लाख ७६ हजार दुई सय ९६.६६ कित्ता सेयर निष्काशन गरेको हो ।बैकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्याटिल रहेको छ । हकप्रदमा सेयर विक्री प्रबन्धक एस क्यापिटल, गरिमा विकास बैंकका शाखा कार्यालय,एस डेभलपमेन्ट बैंकको शाखा कार्यालय,महालक्ष्मी विकास बैंक, र एक्सेल डेभलपमेन्ट बैंकका शाखा कार्यालयहरुबाट जेठ १७ गतेसम्म हकप्रदमा आवेदन गर्न सक्नेछन्।

गत चैत २९ गतेसम्मका सेयरधनीले मात्रै हकप्रदका लागि आवेदन दिन पाउनेछन । शुभेच्छा विकास बैंकलाई गाभेको गरिमाको एक अर्ब आठ करोड रुपैँया चुक्ता पूँजी रहेको छ । ७० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको पूँजी दुई अर्ब २० करोड रुपैँया हाराहारीमा पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा बैंकले ७० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ९५ लाख ४७ हजार रुपैंया खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २९ रुपैंया ५३ पैसा कायम गरेको छ । बैंकको सेयर बुधार प्रतिकित्ता ३२५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस