नेपाल फूटवेयर सेल्स एण्ड मार्केटिङ्ग एसोसिएसनको गठन

0
155

नेपाल फूटवेयर सेल्स एण्ड मार्केटिङ्ग एसोसिएसनको गठन भएको छ हिजो राजाधानिमा भएको एक भेलाले गणेश प्रसाद रिजालको अध्यक्षतामा ११ सदस्यिय केन्द्रिय कार्यसमिती गठन भएको हो। कार्यसमितिको प्रथम उपाध्यक्षमा  रेशम भण्डारी, द्वितिय उपाध्यक्ष अर्जुन घिमिरे, सचिव अर्जुन खनाल, सह—सचिव पूष्पकमल अधिकारी र कोषाध्यक्ष रजत सिंह महर्जन रहेका छन्। त्यस्तै सदस्यहरुमा नविन गिरी, दिपक झा, श्याम मण्डल, सुरज कोईराला, बालकृष्ण घिमिरे निर्बाचित भएको कुरा एसोसिएसनका प्रबक्ता रेशम भण्डारीले हाम्रो सेरोफेरोलाई बताउनु भयो । 

foot-2
स्वदेशि उत्पादनलाई प्रोत्साहन तथा प्रवर्धन गर्न सथापित भएको फूटवेयर ईन्डस्ट्रिजका उत्पादनहरुलाई आम उपभोक्ता माझ पु¥याउने उद्देश्यले जुत्ता चप्पलको सेल्स र बजार क्षेत्रमा रहेर काम गर्दै आइरहेका सम्पूर्ण सेल्स र बजार सँग सम्बन्धित पेशागत कर्मचारीहरुको हक हितका साथै संस्थागत हितलाई समेत मध्यनजर गर्दै एउटै छाता मूनि बस्ने उद्देश्यले यो एसोसिएसनको एसोसिएसनको गठन गरिएको कुरा प्रबक्ता भण्डारीले हाम्रो सेरोफेरोलाई बताउनु भयो।  पन्ध्र भन्दा बढि जुत्ता चप्पल उत्पादक कम्पनिका कर्मचारिहरुको उपस्थितिमा केन्द्रिय कार्यसमिति रहने गरि नेपाल फूटवेयर सेल्स एण्ड मार्केटिङ्ग एसोसिएसनको गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस