सबै दल सहमतिमा आउन आवश्यकः शशांक कोइराला

0
18

सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको एक साता वितिसक्दा पनि सत्तारुढ दल नेपाली कांग्रेसले संशोधनबारे पार्टीको आधिकारिक धारणा तय गर्न नसकिरहेको बेला नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान समस्या समाधान गर्न सबै दल एकजुट भई अघि बढ्नुपर्ने बताएका छन् ।

नवलपरासीको देवचुलीमा अबस्थित कालिका माध्यमिक विद्यालयको धनधान्याञ्चल महायज्ञको सोमबार उद्घाटन गर्दै कोइरालाले यस्तो विचार राखेका हुन् । संविधान संशोधन कार्यमा सबै दलको सहमति आवश्यक भएको विचार राख्दै कोइरालाले सबै दलको सहमतिमा मात्रै संशोधन प्रस्ताव पारित भएमा कार्यान्वयनमा सजिलो हुने बताए ।

सरकारले ल्याएको संविधान संशोधनमा सबैको समस्या समाधान हुने बाटो खोज्नु पर्नेमा जोड दिँदै कोइरालाले सबै दलले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नु आवश्यक रहेको बताए । हिजो नै नवलपरासीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सरिक भएका कोइरालाले संविधान संशोधनका लागि अब चाँडै सहमति हुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस