श्रम इजाजत प्रक्रिया अनलाइनबाट

0
15

वैदेशिक रोजगार विभागले पुस ३ गतेदेखि अनलाइन सिस्टमबाटै वैदेशिक रोजगारीमा जानेको श्रम इजाजतको प्रक्रिया सुरुवात गर्ने निर्णय गरेको छ । अनलाइन सिस्टम सुरु भएपछि श्रम इजाजतको प्रक्रियाका लागि कामदारलाई एउटै कामका लागि बारम्बार वैदेशिक रोजगार विभागको कार्यालयमा पुग्नुपर्ने छैन । श्रमका लागि देस भरी जुनसुकै ठाउँबाट पनि अनलाइन आवदेन गर्न सकिनेछ ।सबै प्रक्रिया टुंगिएपछि श्रम स्वीकृतिको स्टीकरका लागि मात्रै कामदारहरुले पासपोर्ट लिएर विभागमा जाँदा हुनेछ ।

विभागले यो सिस्टमलाई ‘फरेन इम्प्लोयमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ नाम दिएको छ । यो सिस्टमबाट पहिलो चरणमा व्यक्तिगत रुपमा विदेश जान लागेका र श्रम इजाजत नवीकरणका लागि आएका युवाको कागजी दस्ताबेज अनलाइनमा बुझ्नेछ ।यसमा आफ्नो नाम, ठेगाना, पासपोर्टका विवरण लायात सबै कानुनी व्यक्तिगत डिटेल अनलाइनमा राख्नुपर्छ । यो राखेपछि सिस्टममा पछि ‘लग इन’ हुन आˆनो एउटा युजर र पासवर्ड पनि सेट गर्नुपर्छ । यो फेसबुक बनाएजस्तै सरल प्रक्रिया हो । इन्टरेनेटमा आफ्नो डाटा राख्न सक्नेले यसलाई सजिलै प्रयोग गर्न सक्छन् । त्यसपछि बैंकमा तोकिएको शुल्क जम्मा गर्न सकिनेछ । यो सिस्टम सुरु भएपछि अहिलेजस्तो ताहाचलमै रहेका सीमित बैंकहरुका काउन्टरमा हैन, देशका बाणिज्य बैंकमा जुनसुकै शाखाबाट सरकारको खातामा रकम जम्मा गराउन सकिनेछ यी हरेक प्रक्रिया पुरा भएपछि सिस्टमले कामदारको इमेलमा नोटिफिकेशन पठाउँछ । यसका आधारमा कामदारले आफ्नो कागजी प्रक्रिया कहाँ पुगेको छ भन्ने सजिलै जानकारी पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस