मधेसी समुदायको देशभक्तिमाथि आंशका नगर्न आग्रह

0
23

आइतबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको सर्वदलीय बैठकमा मधेसी  मोर्चाका नेता महन्थ ठाकुरले मधेसी समुदायको देशभक्तिमाथि आंशका नगर्न आग्रह गरेका छन। बैठकमा बोल्दै ठाकुरले इतिहास फेरिए पनि भूगोल फेरिँदैन भन्दै उनले इतिहासका कारण पहाड र मधेस एक भएर बसेको हुनाले मधेसको भावनालाई कदर गर्न आग्रह गरे ।  बैठकमा मधेसी मोर्चाका अर्का नेता उपेन्द्र यादवले संघीयताले देश विखण्डन नहुने व्याख्या गरेका थिए । यादवसँगै विजय गच्छदारले १६ बुँदे आफूले गराएको भन्दै आफ्नो भूमिकालाई पनि सम्झिइदिन आग्रह गरेक थिए ।

देउवाले ओलीलाई हप्काए- ओ मिस्टर चुप

सो बैठक मा काङ्रेश सभापति शेरबहादुर देउवाले केपी ओलीलाई हप्काएको श्रोतको जानकारी बाहिर आएको छ । सभापति देउवा बोल्दा बोल्दै बिचमा बोल्न खोजेका ओलीलाई देउवाले हप्काएका थिए । देउवाले औंलो तेर्स्याउँदै केपी ओलीलाई ‘ओ मिस्टर चुप’ भनेर हपारेपछि ओली शीतलनिवासबाट बाहिरिएको श्रोतको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस